३० जेठ २०८३, शनिबार

चित्रकारको पुण्यतिथिमा ह्वीलचियर र स्टेचर हस्तान्तरण

चित्रकारको पुण्यतिथिमा ह्वीलचियर र स्टेचर हस्तान्तरण

प्रजातन्त्र सेनानी स्वर्गीय कमल चित्रकारको १३ औं दिनको पुण्यतिथिमा ह्वील चेयर र स्टेचर हस्तान्तरण गरिएको छ । सो अबसरमा आयोजित श्रद्धाञ्जलि सभामा ह्वीलचियर र स्टेचर हस्तान्तरण गरिएको हो । 

प्रदिप्त पुस्तकालयका संरक्षक तेजबहादुर चित्रकारको अध्यक्षतामा शनिबार सम्पन्न श्रद्धाञ्जलिसभामा मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीलाई ह्वीलचेयर हस्तान्तरण गरिएको हो ।   

काठमाडौं मासँगल्ली २५ वडास्थित प्रदिप्त पुस्तकालयको भवनमा भएको श्रद्धाञ्जलि सभामा काठमाडौं क्षेत्र नम्वर ८ का सांसद विराजभक्त श्रेष्ठले स्वर्गीय चित्रकारले सामाजिक कार्य र सांस्कृतिक सम्पदाको संरक्षणमा गर्नुभएको योगदानको चर्चा गरे । चित्रकारको राजनीतिक बाटोलाई पछ्याउँदै आफू यहाँसम्म आउन सफल भएको उनले बताए ।  

त्यसैगरी नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्यले समाजसेवी  चित्रकारलाई गुमाउँदा समाजलाई ठूलो क्षति पुगेको बताए । काठमाडौंको इन्द्रचोक बहालमा सानो गल्ली त्यसैमाथि सामान किन्नेको भिडले एम्बुलेन्स सजिलै आउन नसक्ने भएपछि विरामीहरुलाई ह्वीलचेयर र स्टेचरमा राखेर सजिलैसँगै छिटो अस्पताल लगेर उपचार गर्न सहज होस् भन्नेहेतुले सहयोग गरिएको परिवारका सदस्यले जनाएका छन् ।  

श्रद्धाञ्जलि सभामा  कामनापा वडा २५ का अध्यक्ष राजेश डंगोल, प्रजातन्त्र सेनाली संघका अध्यक्ष उत्तमलाल श्रेष्ठलगायतको सहभागिता थियो । सभामा उपस्थित सवैले स्वर्गीय चित्रकारको तस्विरमा पुष्पगुच्छ अर्पण गरेका थिए । 

चित्रकारको मंसिर २६ गते निधन भएको थियो । चित्रकार प्रदिप्त पुस्तकालयका भूपू अध्यक्ष तथा वर्तमान संरक्षक थिए । उनी महानगरपालिकाको पूर्व प्रधानपञ्च समेत थिए । चित्रकारले मुलुकको प्रजातान्त्रिक आन्दोलन र सामाजिक रुपान्तरणमा योगदान दिएको स्मरण गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्