२३ जेठ २०८३, शनिबार
सरकार गठनको रस्साकस्सी

बालुवाटारबाट निस्किएका प्रचण्ड बालकोटतर्फ हानिएका हुन् ?

बालुवाटारबाट निस्किएका प्रचण्ड बालकोटतर्फ हानिएका हुन् ?

पहिलो कार्यकालको प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सहमति नजुट्दा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ ।

बालुवाटारस्थित गठबन्धनको बैठक छाडेर प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटतर्फ लागेको स्रोतहरूले दाबी गरेका छन् ।

तर, प्रचण्ड अहिलेसम्म बालकोट पुगेका छैनन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने बालकोट पुगेका छन् ।

देउवा र प्रचण्ड दुवैले पहिलो कार्यकालको प्रधानमन्त्री दाबी गर्दै आएकाले गठबन्धनमा सहमति जुट्न नसकेको हो ।

बैठकपछि माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनमा छलफल गर्नुको औचित्य सकिएको बताए ।

'कांग्रेस प्रधानमन्त्री र राष्ट्रपतिमा टसमस भएन । अब गठबन्धनमा छलफल गर्नुको अर्थ छैन,' मल्लले भने ।

गठबन्धन टुट्ने स्थिति आएपछि माओवादी नेताहरूले एमालेसँग संवाद अगाडि बढाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्