
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राई बालकोटबाट बाहिरिएका छन् ।
एमाले, माओवादी र रास्वपासहित चार दलको बैठकमा सहभागी राई पार्टीमा संस्थागत निर्णयका लागि भन्दै बाहिरिएका हुन् ।
'म संस्थागत निर्णयका लागि जाँदैछु,' नयाँ गठबन्धन बन्न लागेको हो भन्ने प्रश्नमा राईले भने, '(नयाँ) गठबन्धन बन्ने जस्तै देखिन्छ ।'
उनले प्रधानमन्त्री को बन्ने भन्ने कुरा टुंगो लागि नसकेको बताए ।
प्रधानमन्त्री को हो ? भन्ने प्रश्नमा राईले भने, 'मैले कसरी भनौं ? अब दुईवटा सम्भावना छ, एउटा कांग्रेस-एमालेको सरकार, अर्कोचाहिँ एमाले-माओवादीसहितका दलहरू मिलेर सरकार बनाउने ।'
जसपाले संसदीय दलका नेता चुन्न बाँकी रहेकाले राई बैठक छाडेर निस्किएको जसपा स्रोतले जनाएको छ ।
अशोक राई निस्किए पनि ओली, प्रचण्ड, रवि लामिछानेलगायत बालकोटमै छन् ।