
बालकोट छलफलपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू राष्ट्रपति कार्यालय शीतल निवासतर्फ लागेका छन् । सरकार गठनका विषयमा सहमति जुटेपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताहरू शीतलनिवासतर्फ लागेका हुन् ।
बालकोटबाट बाहिरिने क्रममा श्रेष्ठले आफूहरू शीतलनिवासतर्फ जाने पत्रकारहरूलाई जानकारी गराएका थिए ।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आइतवार बसेको बैठकमा सरकार गठनका विषयमा छलफल भएको थियो । एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सहभागी हुने सहमति भएको छ । सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने सहमति भएको छ ।