काठमाडौँ, ३२ साउन- नेपाल प्रहरीले एउटा यस्तो अन्तर्देशीय अपराधको अनुसन्धान गरिरहेको छ, जुन घटना टर्कीमा भएको थियो भने फिरौती बंगलादेशमा लिइएको थियो । टर्किस र बंगलादेशी मिलेर गरेको अपहरणको घटनाको पीडित भने नेपाली थिए ।

आकर्षक रोजगारीको सपना बोकेर १४ लाख खर्च गरेर टर्की पुगेका रुकुमका झलक नकाल अपहरणमा परेका हुन् । बन्धक बनाएको नवौँ दिन नौ हजार अमेरिकी डलर बुझाएर उनी मुक्त भएका थिए । जुन घटनाको अनुसन्धान हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अघि बढाएको छ, नयाँ पत्रिकाले खबर छापेको छ ।