३० असार २०८३, मंगलबार

प्रधानमन्त्रीमा नियुक्त प्रचण्डको शपथ कार्यक्रम आज ४ बजे

प्रधानमन्त्रीमा नियुक्त प्रचण्डको शपथ कार्यक्रम आज ४ बजे

प्रधानमन्त्रीमा नवनियुक्त नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण आज अपरान्ह ४ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार आज सोमबार अपरान्ह एक समारोहबीच प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनेछन् ।

प्रधानमन्त्री दाहालले आफू राष्ट्रपतिबाट शपथ लिएपछि सानो मन्त्रीमण्डल आजै गठन गर्ने र शपथ ग्रहण गराउने तयारी गरेको सो दलका नेताहरुले बताएका छन् । अध्यक्ष दाहाल हिजो आइतबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सहयोगमा राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए । दाहाललाई संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दल र तीन जना स्वतन्त्र सहित १६९ जना सांसदको समर्थन रहेको छ । दाहाल तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।  

salt training

कमेन्ट गर्नुहोस्