
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो सत्ताको पहिलो कक्षा धेरै ज्ञान र वितृष्णाले भरिएको बताएका छन् । आइतवार नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा सहभागी राउतले सत्ताको पहिलो कक्षा वितृष्णाले भरिएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा सन्देश लेख्दै भनेका छन्, ‘सत्ताको पहिलो क्लास आज–पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होलाजस्तो लागेको थिएन । बस म त सुनिरहेँ ।’
राउतले लाखौँ जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने राजनीतिबाट सन्यास लिइसक्ने उल्लेख गरेका छन् । ‘काँधमा लाखौँ जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थेँ होला’, उनले लेखेका छन्, ‘तर, आफैँ जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति ।’