काठमाडौँ, ३२ साउन - नेपाल र चीनबीच भूकम्पपछिको पुनःनिर्माण, नेपालमा चिनियाँ लगानी तथा पेट्रोलियम पदार्थको अन्वेषण लगायतका विषयमा महत्वपूर्ण सम्झौता भएको छ । मङ्गलबार काठमाडाँैमा भएको दुईपक्षीय वार्ताका क्रममा तीनवटा छुट्टाछुट्टै सम्झौता भएका हुन् ।

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङको प्रतिनिधिमण्डल र उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलबीच ‘आर्थिक तथा प्राविधिक सहयोग सम्झौता’, ‘लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनका खाका सम्झौता’ र ‘नेपालको तेल तथा ग्यास उत्खनन’ कार्यका लागि ‘लेटर अफ एक्सचेन्ज’मा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले हस्ताक्षर गर्नुभएको छ, गोरखापत्रमा खबर छ ।