काठमाडौँ, ३२ साउन - कानुनअनुसार सम्पत्ति विवरण नबुझाएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतलाई ५ हजार जरिवाना गरेको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले हरेक आर्थिक वर्ष सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था उल्लंघन गर्दै मन्त्री बस्नेतले गत आर्थिक वर्ष सम्पत्ति विवरण बुझाएकी थिइनन् ।

सांसदको हैसियतमा उनले विवरण बुझाउनुपथ्र्यो । अख्तियारले ५ हजार जरिवानासहित सम्पत्ति विवरण पेस गर्न मन्त्री बस्नेतलाई पत्र काटेको प्रवक्ता जीवराज कोइरालाले बताए, नयाँ पत्रिकामा खबर छ । गत आर्थिक वर्ष देशभर सार्वजनिक पद धारण गरेका ४ लाख ४१ हजार ४ सय ७१ जना थिए । त्यसमध्ये २० हजार १ सय १३ जनाले कानुनअनुसार बुझाउनुपर्ने सम्पत्ति विवरण बुझाएका थिएनन् ।
सम्पत्ति विवरण नबुझाउने सांसदहरू-नरहरि आचार्य
-संजय कुमार साह
-सुनील कुमार यादव
-शीला शर्मा (खड्का)
-शारदा पौडेल
-विमलकुमार केडिया
-लालबाबु सिंह भुइहार
-डा.ल्हारक्याल लामा
-रेशमबहादुर लामा
-रामचन्द्र चौधरी
-बलबहादुर केसी
-देवकरण प्रसाद कलवार
-जीवन परियार
-कुमारी लक्ष्मी राई
-उमेश श्रेष्ठ
-अम्बिका बस्नेत