
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलो निर्णयका रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी विषयमा हस्ताक्षर गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार गर्दै प्रचण्डले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् ।