युक्रेनी राष्ट्रपति बोलोदिमिर जेलेंस्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन वार्ता गरेका छन् । राष्ट्रपति जेलेंस्कीले सामाजिक सञ्जाल ट्वीटमा आफ्नो वार्ताबारे जानकारी गराएका छन् । उनले सोमबार मोदीसँग फोनमा कुरा गरेका थिए ।
फोन वार्तामा जेलेंस्कीले जी ट्वान्टीको अध्यक्षको नाताले उनीद्वारा निर्धारित शान्ति सूत्रलाई लागू गर्न उनले मोदीलाई आग्रह गरेका थिए । उनले लेखेका छन् मैले भारतीय प्रधानमन्त्री मोदीसँग फोन वार्ता गरें, जी ट्वान्टीलाई लागू गर्न भारत सरकारसँग भरोसा गरेको छु । उनले संयुक्त राष्ट्रमा मानवीय सहायता र समर्थनका लागि पनि धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री मोदी र राष्ट्रपति जेलेंस्कीबीच यसअघि पनि फोनमा वार्ता भएको थियो । त्यतिबेला प्रधानमन्त्री मोदीले युक्रेनमा जारी युद्धको सैन्य समाधान नभएको बताएका थिए । शान्तिका लागि भारत सरकार सहयोग गर्न तयार रहेको आश्वासन दिएका थिए ।