११ साउन २०८३, सोमबार

रविको आग्रह : हात यता चलाउनुस्, आँखा यता हेर्नुस्, टाउको उता घुमाउनुस् नभनिदिनुहोला

पुस १२, २०७९
रविको आग्रह : हात यता चलाउनुस्, आँखा यता हेर्नुस्, टाउको उता घुमाउनुस् नभनिदिनुहोला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पदलाई व्यक्तिगत जीवनका लागि कुनै दिन पनि प्रयोग नगर्ने जनाएका छन् ।

मंगलवार गृह मन्त्रालयमा भेट्न आएका शुभेच्छुकलाई सम्बोधन गर्दै उनले भने, ‘कति जनाले मन्त्री बन्न गयो भनेर चिन्ता गर्नुभएको छ तर मेरो पदलाई व्यक्तिगत जीवनका लागि कुनै दिन पनि प्रयोग गर्दिनँ, तपाईंको दुःख पीडा देखेको छु ।’

मन्त्री रविले हिजो सञ्चारकर्मीको रूपमा भन्दा आज गृहमन्त्रीको रूपमा प्रभावकारी काम गर्न सकिने विश्वास गरेका छन् । ‘म गृह मन्त्रालयमा छु, हिजोभन्दा म आज विदेशमा अलपत्र परेकालाई प्रभावकारी ढंगले नेपाल ल्याउन सक्छु । काम गर्ने ठाउँमा आएको छु,’ उनले भने, ‘नागरिकको सेवा यसरी गर्नेछु कि आगामी दिनमा देखिनेछ । कोही पनि विचलित नहुनुहोला, खबरदारी गर्नुहोला । यो मन्त्री खान गएको नठान्नुहोला ।’

आफ्नो भिजन र मिसनमा इमान्दारीपूर्वक अगाडि बढ्ने उनले बताए । ‘कहिलेकाहीँ नेताको रूपमा चुनिसकेपछि उसलाई हात यता चलाउनुस्, खुट्टा यता चलाउनुस्, आँखा यता हेर्नुस्, टाउको उता घुमाउनुस् नभनिदिनुहोला । म इमान्दारीपूर्वक आफ्नो मिसन र भिजनमा अगाडि बढ्न यहाँ आएको हुँ । मेरो भार भनेको जनताको अपेक्षा पूरा गर्नु हो । मलाई कार्यकर्ता पोस्नु छैन, आफन्त पोस्नु छैन, कर्मचारी सरुवा गर्नु छैन ।’

salt training

कमेन्ट गर्नुहोस्