२५ जेठ २०८३, सोमबार

कोरियाबाट शुद्ध नश्लका गाई ल्याएर सिन्धुलीका किसानलाई वितरण

कोरियाबाट शुद्ध नश्लका गाई ल्याएर सिन्धुलीका किसानलाई वितरण
फाइल तस्वीर

दक्षिण कोरियाबाट ल्याइएको शतप्रतिशत शुद्ध नश्लका गाई नेपालका किसानहरूलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालले कोरियाबाट शतप्रतिशत शुद्ध नश्लका गाई ल्याएर सिन्धुलीको कमलामाई नगरपालिकाका किसानहरूलाई वितरण गरेको हो । 

दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजन जातका गाईका ६ वटा बाच्छा र ५७ वटा कोरली गरी ६३ वटा गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हो । हेफरका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउने क्रममा रहेको छ । 

हेफर कोरियाबाट प्राप्त गाई पुस ७ गते कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । नेपाल सरकारले पुस ९ गते कमलामाईका किसानलाई हस्तान्तरण गरिएको हो । उत्पादनको हिसाबले कोरियाका टप (परीक्षण भएका) २ वटा बहर पनि केही दिनपछि आउने हेफरले बताएको छ । 

नेपालमा पहिलो पटक शुद्ध नश्लका धेरैको संख्यामा गाई आएको हेफरले बताएको छ । हेफर इन्टरनेशनल नेपालका भेटनरी डाक्टर भोला श्रेष्ठले नेपाली स्थानीय गाईलाई नश्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले कोरियाबाट गाईहरू ल्याएको बताए । उनले नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको बताए । 

श्रेष्ठले नेपालमा रहेको ७३ लाख गाई मध्ये करिब २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको जानकारी दिएका छन् । डा.श्रेष्ठले नश्ल सुधारका लागि विदेशबाट गाई ल्याउँदैमा स्थानीय प्रजातिका गाई लोप नहुने बताए । उनले स्थानीय गाई लोप हुन नदिनको लागि राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र र पशु सेवा विभागले स्थानीय गाईको अनुवंशिक स्रोतहरूको संरक्षण गरी नश्ल सुधारको कामसमेत गरिरहेको बताए । 

उनले नेपालमा दूध उत्पादन बढाउन आवश्यक रहेको भन्दै शुद्ध नश्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याएको बताए । उनले दूधको उत्पादकत्व बढाउन वंशानुगत क्षमता तथा आहारा, स्वास्थ्य र पालनपोषणमा भर पर्ने बताए । उनले कोरियाबाट आएका गाई जेनेटिक रूपमा उच्च उत्पादकत्व भएका बहरलाई न्युक्यलेस हटको रूपमा स्थापना गरेर उत्पादन बढाउने उद्देश्य रहेको बताए । उनले नेपाली गाईपालक किसानहरूलाई उन्नत नश्लको बहरबाट सिमेन उत्पादन गरेर जन्मने बाच्छाहरू राम्रो हुन्छ भन्ने अपेक्षासहित काम गरिने बताए । 

डा. श्रेष्ठले हेफरले कोरियन गाईको हेरचाहको लागि सिन्धुलीमा दक्ष भेटनरी डाक्टर खटाइने जानकारी दिए । उनले कोरियाका जानकारहरू पनि ल्याएर गाईको हेरविचार गरिने बताए । गाईलाई आवश्यक पर्ने शुद्ध नश्लको सिमेन (बीर्य) पनि कोरियाबाटै प्राप्त भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्