२५ जेठ २०८३, सोमबार

नेपालको शिक्षा अवस्थालाई ब्यंग्य गर्ने कार्टुनहरू [फोटोफिचर]

नेपालको शिक्षा अवस्थालाई ब्यंग्य गर्ने कार्टुनहरू [फोटोफिचर]

नेपाल कला परिषद् बबरमहलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी गरिएको छ । परिषद्मा नेपालको वर्तमान शिक्षा अवस्थाको बारेमा कार्टुन प्रदर्शनी गरिएको हो । 

शिक्षा क्षेत्रलाई ब्यंग्य गर्दै कार्टुन प्रदर्शनी शुरु भएको हो । रुपान्तरणसहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टुनिष्टहरूले बनाएका विभिन्न शिक्षासम्बन्धी कार्टुनहरुलाई परिषद्मा प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवं शिक्षा क्षेत्रमा देखिएका विसंगतिलाई ब्यंग्य गरेका छन् । 

प्रदर्शनमा शिक्षासम्बन्धी विभिन्न कार्टुनहरू राखिएको छ । नेपालको शिक्षा अवस्था र उच्च शिक्षाका लागि विदेशमा जानुपर्ने नेपाली विद्यार्थीहरूको बाध्यतालाई कार्टुनमा चित्रण गरिएको देख्न सकिन्छ । साथै कार्टुनमा नेपालका शहरीया क्षेत्रको शिक्षा अवस्था र गाउँको शिक्षा अवस्थालाई पनि देखाइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्