२१ जेठ २०८३, बिहीबार

भारतको होटलमा युक्रेन युद्धविरोधी रुसी नेताको मृत्यु

पुस १२, २०७९
भारतको होटलमा युक्रेन युद्धविरोधी रुसी नेताको मृत्यु

रुसी नेता पावेल एन्टवको मृत्यु गत शनिवार भारतको उडिसामा रहेको एक होटलमा भएको छ । 

एन्टव आफ्ना केही साथीहरूका साथ भारतमा आराम गर्न आएका थिए । 

उनले युक्रेनमाथि रुसी आक्रमणको आलोचना केही महिनाअघि गरेका थिए । तर उनले पछि बयान फिर्ता लिएका थिए । उनको यस बयानकै कारण उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचक मानिएको थियो । 

उडिसाको रायगडा जिल्लाको एक होटलमा रहेका एन्टवको शव होटलबाहिर फेला परेको थियो । त्यसको दुई दिनअघि त्यही होटलमा उनका साथी भ्लादिमिर बिदेनोभको मृत्यु भएको थियो । 

प्रहरी अधिकारीले रुसी नेता एन्टवले सम्भवतः आत्महत्या गरेको बताए । आफ्ना मित्रको मृत्युका कारण उनी निकै चिन्तित थिए । 

तर प्रहरीले सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । दुर्घटनावश उनी होटलको छतबाट खसेर मरेको हुन सक्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्