
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायका प्रमुखहरूबाट सुरक्षासम्बन्धी ब्रिफिङ लिएका छन् । मंगलवार भएको केन्द्रीय सुरक्षा समितिको पहिलो बैठकमा उनले ब्रिफिङ लिएका हुन् ।
बैकठमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले सामसामयिक तथा सुरक्षा अवस्थाका बारेमा गृहमन्त्री रविलाई जानकारी गराएका थिए । गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूलाई सुरक्षा व्यवस्था चुस्त राख्न निर्देशन दिएका छन् ।