२५ असार २०८३, बिहीबार
वाम ध्रुवीकरणको प्रयास

खुमलटारको बरण्डामा सुन्तलासहित ओलीलाई प्रचण्डको स्वागत, माधव नेपालसँग भेट गराइने

खुमलटारको बरण्डामा सुन्तलासहित ओलीलाई प्रचण्डको स्वागत, माधव नेपालसँग भेट गराइने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार गएका छन् ।

एकीकृत समाजवादीलाई समेत सरकारमा सहभागी गराउने विषयमा प्रचण्डले पहल थालेका छन् । सोही विषयमा छलफल गर्नका लागि ओली खुमलटारस्थित प्रचण्ड निवास गएका हुन् । 

खुमलटारमा नेताहरूबीच छलफल शुरू भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मंगलवार भेटवार्ता गरेका थिए । 

बुधवार बिहान पनि नेपालसँग प्रचण्ड र उपेन्द्र यादवले भेटवार्ता गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्