
सप्तरी जिल्लामा मंगलवार राति आगलागी हुँदा वृद्ध बुवाको मृत्यु भएको छ भने १ युवा घाइते भएका छन् ।
घुरबाट सल्केको आगोले भैंसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत पालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए ।
हजुरबुवालाई जोगाउन गएका राउतकै नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन् । प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैंसी समेत जलेर मरेका छन् । यसैगरी २ भैंसी आगोमा जलेर घाइते भएको प्रहरी निरीक्षक सिंहले बताए ।
मृतक राउतको शव परीक्षणका लागि राजविराजस्थित अस्पताल ल्याउने तयारी भइरहेको छ ।