०५ साउन २०८३, मंगलबार

सरकारको नीति कार्यक्रमबारे प्रचण्ड र ओलीबीच छलफल

सरकारको नीति कार्यक्रमबारे प्रचण्ड र ओलीबीच छलफल

सरकारको नीति र कार्यक्रमको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

खुमलटारस्थित प्रचण्डको निवासमा उनीहरूबीच छलफल भएको हो । 

‘सरकारको मूलनीति र कार्यक्रम केलाई बनाएर जाने भन्नेबारे नेताहरूबीच विहंगम छलफल भएको छ । यसलाई भोलि बालुवाटारमा बैठक बसेर अझ विस्तृतमा छलफल गर्ने सहमति भएको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

नयाँ सरकार बनेपछिको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नेबारे पनि प्रचण्ड र ओलीबीच छलफल भएको मल्लले जानकारी दिए । 

बिहीवार प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तारूढ दलहरूका शीर्ष नेताहरूको बैठक बोलाउने तयारी भएको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्