१९ असार २०८३, शुक्रबार

टाटाका नक्कली पार्टपूर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालक पक्राउ

टाटाका नक्कली पार्टपूर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालक पक्राउ

प्रहरीले काठमाडौंको ढुङ्गेअड्डास्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ ।

सञ्चालकले लामो समयदेखि भारतबाट अवैध रूपमा नक्कली पार्टस्हरू झिकाई बिक्रीवितरण गर्दै आइरहेको आरोप छ ।

अनुसन्धानका क्रममा उनले टाटाका नक्कली पार्टस् बिक्रीवितरण गरेको पाइएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमति पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।

रौनियार मात्र नभएर देशैभर अन्य व्यक्तिहरू पनि यस्ता खालका कारोबारमा संलग्न भएको कुरा उनले बताएको जनाइएको छ । प्रहरीले अन्य शंकास्पद स्थानमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्