१० साउन २०८३, आइतबार

मधेस प्रदेशका ज्येष्ठ सदस्य न्यौपानेले आज प्रदेश प्रमुखबाट शपथ लिने

मधेस प्रदेशका ज्येष्ठ सदस्य न्यौपानेले आज प्रदेश प्रमुखबाट शपथ लिने

मधेस प्रदेशका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज बिहीबार प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनीयताको शपथ लिने छन् । दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा उनले शपथ लिने कार्यक्रम तयभएको छ ।

ज्येष्ठ सदस्य न्यौपाने ७१ वर्षको भएका छन् । न्यौपानेले आज शपथ लिएपछि भोलि शुक्रबार २ बजे हुने कार्यक्रममा प्रदेश सभाका सदस्यहरुलाई शपथ ग्रहण गराउने प्रदेश कार्यालय सचिवालयले जनाएको छ । 

प्रदेश सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार मधेस प्रदेश सभामा १०७ जना सदस्य रहेका छन् । भोलि हुने शपथ कार्यक्रममा प्राविधिक कारणले दुई जना सदस्य अनुपस्थित रहने जानकारी आएको यादवले बताए । माओवादी केन्द्रका सांसद मालाकुमारी कर्ण र मोहद रजी हैदरविरुद्ध अदालतमा मुद्दा परेको छ ।

प्रदेश सांसदहरुलाई आफ्नो मातृभाषामा समेत शपथ लिन पाउने व्यवस्था गरिएको सचिव यादवले बताए । आवेदनअनुसार सांसदहरुले मैथिली, भोजपुरी, अवधि, थारु, बज्जीका र उर्दू भाषामा समेत शपथ लिनेछन् ।  

salt training

कमेन्ट गर्नुहोस्