
नेपाल प्रहरीले काठमाडौंको ढुंगेअड्डास्थित न्यूप्रकाश अटो ट्रेडर्समा छापा मारी सो पसलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ । लामो समयदेखि भारतबाट अवैधरूपमा नक्कली पार्टसहरू झिकाई बिक्री–वितरण गर्दै आइरहेको गुनासोका आधारमा न्यू प्रकाश अटो ट्रेडर्समा प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका निमित्त नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा टाटाका नक्कली पार्टस् बिक्री वितरण गरेको पाइएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमति पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ । रौनियारले मात्र नभएर देशैभरि अन्य व्यक्तिहरू पनि यस्ता खालका कारोबारमा संलग्न भएको बताएका थिए । प्रहरीले अन्य संकास्पद स्थानहरूमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।