१४ असार २०८३, आइतबार

अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुने

अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुने

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स युनिभर्स’को आयोजना हुने भएको छ । नक्सालस्थित मेरियोट होटलमा आयोजित भव्य घोषणा समारोहमा फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेशनल एप मार्फत आवेदन दिन सक्ने जनाएको गरेको छ । 

१८ वर्ष माथिका व्यक्तिले यस प्रतियोगिताको लागि आवेदन दिन सक्छन् । यी शोहरूमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्छन् ।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’

यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले अनलाइन आवेदन दिन सक्ने छन् । प्राथमिक छनोट प्रक्रियापछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन सञ्चालन गर्नेेछ । यी दुवै शोहरूको आवेदन दिने मिति जनवरीको अन्तिम तारिक तोकिएको छ । 

कम्पनीका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता बर्मा, पुष्पन प्रधानजस्ता वरिष्ठ गायकहरू समावेश छन् । साथै मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा,  दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ । यी शोहरू एलिन श्रेष्ठले निर्देशन गर्ने भएका छन् । उनले यस अघि पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रियालिटी शोहरूको निर्देशन गरिसकेका छन् जस्तै नेपाल आइडल, बूगी—वूगी, नेपाल लोक स्टार, सारेगमपा लिल् च्याम्पस् । 

यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरू हुन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले रु एक करोड पाउनेछन् । साथै फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि रु एक करोड पुरस्कार पाउनेछन् । भने फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पुरस्कार पाउनेछन् । 

फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरोपेली देशहरूबाट पनि नेपाली भाषीहरूको बृहत् सहभागिताको अपेक्षा राखेको छ ।

संस्थाको बारेमा

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो जस्ले नेपाली संस्कृतिलाई विश्वभर प्रबद्र्धन गर्ने काम गर्छ । 

फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनाहरूमा काम गरिरहेको छ । ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ फाउन्डेसनकाले सञ्चालन गर्न लागेको नयाँ कार्यक्रमहरू हुन् जुन नेपालको चाँडै प्रसारण हुने प्रक्रियामा छ । यसका साथै फाउन्डेसनले आफ्ना परियोजनाहरू मार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई पनि सहयोग गर्ने लक्ष्य राखेको काम गरिरहेको छ । 

हाल, फाउन्डेसनले विभिन्न स्थानमा रहेका कार्यालयहरू मार्फत नेपाली भाषी समुदायहरूमा खेलकुद, स्वास्थ्य, शिक्षा र राहत वितरणलाई जस्ता विविध क्षेत्रमा काम गरिरहेको छ । 

फाउन्डेसनले ‘मेरो भ्वाइस युएसए’ र ‘मेरो डान्स युएसए’ गरी दुई फरक रियालिटी शोहरू आयोजना गर्दै आएको छ जुन क्रमशः दुई र चार सिजन सफलतापूर्वक सञ्चालन भएका छन् । फाउन्डेसनले प्रसिद्ध शिक्षकहरूको नेतृत्वमा निःशुल्क नृत्य तथा गायन कक्षा पनि सञ्चालन गर्दै अएको छ । यी कक्षाहरूबाट करिब पाँच सय विद्यार्थी लाभान्वित भइरहेका छन् । त्यसैगरी, फाउन्डेसनले अमेरिकामा रहेका नेपाली भाषी समुदायहरूमा फुटबल, क्रिकेट, स्नेकर र भलिबल जस्ता विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । 

फाउन्डेसनले नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरूको जीवनशैलीलाई उकास्न सक्रिय रूपमा काम गरिरहेको छ । यी शिविरहरूमा फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुदजस्ता क्षेत्रहरूमा सहयोग गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्