०३ साउन २०८३, आइतबार
गृहमा रवि लामिछाने

रविको अर्को एक्सन : प्रहरीलाई नेता र राजदूत भेट्न प्रतिबन्ध !

रविको अर्को एक्सन : प्रहरीलाई नेता र राजदूत भेट्न प्रतिबन्ध !

गृह मन्त्रालयले सुरक्षा निकायका कर्मचारी तथा पदाधिकारीहरूलाई नियमित कामको सिलसिलामा बाहेक अन्य समयमा नेता र कूटनीतिज्ञहरूसँग भेट्न प्रतिबन्ध लगाएको छ ।

भेट्नै पर्ने परिस्थितिमा पनि स्पष्ट प्रयोजन खुलाई विभागीय स्वीकृति लिएर मात्र भेट्न गृहको निर्देशन छ ।

'शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनैतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनैतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन तथा विभागीय स्वीकृति लिएर मात्र गर्नु/गराउनुहुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउनुहुन अनुरोध छ,' गृहको विज्ञप्तिमा भनिएको छ ।

निर्देशनविपरीत काम गरे कारवाही गर्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।

'यस निर्देशनविपरीत कार्य गरे/गराएको पाइएमा प्रचलित कानूनबमोजिम अनुशासनसम्बन्धी कारवाही हुने व्यहोरा सबैमा जानकारी गराइन्छ,' विज्ञप्तिमा भनिएको छ ।

रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेपछिको यो अर्को बोल्ड कदम हो । यसअघि उनले निर्देशिकाविपरीत सहयोगीका रूपमा राखिएका सुरक्षाकर्मीहरू फिर्ता गर्न २४ घण्टे अल्टीमेटम दिएका थिए ।

हेर्नुहोस्, गृहको विज्ञप्ति :
 

salt training

कमेन्ट गर्नुहोस्