१० साउन २०८३, आइतबार

सिद्धार्थ बैंकको रु. १ करोड बीमा सुविधासहितको श्रीवृद्धि प्लस मुद्दति खाता

सिद्धार्थ बैंकको रु. १ करोड बीमा सुविधासहितको श्रीवृद्धि प्लस मुद्दति खाता

सिद्घार्थ बैंक लिमिटेडले २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक प्रतिफलका साथमा रु. १ करोडसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने नविनतम मुद्दति योजना सञ्चालनमा ल्याएको छ । 

व्यक्तिगत ग्राहकवर्गलाई लक्षित गरी ल्याइएको यस मुद्दति योजनाअन्तर्गत न्यूनतम रु. ५० हजारमा खाता खोल्न सकिनेछ । यस मुद्दति योजनामा ग्राहकवर्गले निक्षेप रकमको २ गुणासम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, पहिलो वर्षको लागि निस्शुल्क यूएनओ क्रेडिट कार्ड सुविधासमेत प्राप्त गर्न सक्नेछ । यस मुद्दति योजनाको बीमा साझेदार महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ । ग्राहकवर्गले सिद्धार्थ बैंककोे सबै शाखा कार्यालयहरूबाट सहजै यो मुद्दति खाता खोल्न सकिने छ । 

विस्तृत जानकारी तथा शर्तहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित), २१५ वटा एटीएम, ११८ शाखारहित बैंकिङ सेवा र १ हजार ८०० भन्दा बढी पिओएस मेसिनमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दति र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न डिजिटल बैंकिङ सुविधाहरू आफ्नो वेबसाइटमा रहेको इजी बैंकमार्फत समेत प्रदान गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्