×

NMB BANK
NIC ASIA

काठमाडौं, ३२ साउन – तराईका जिल्लाहरूमा बाढी आएसँगै हेलिकप्टर कम्पनीहरूको व्यापार बढेको छ । अहिले ‘अफ सिजन’को सामना गरिरहेका हेलिप्टर कम्पनीहरुले बाढी पछि राम्रो व्यापार गरेका छन् ।

हेलिकप्टर उडाउने वायु सेवा कम्पनीहरू एभरेस्ट, मनाङ, श्री, सिम्रीक, डाइनेस्टी लगायतका कम्पनीहरूले बाढीपछि राम्रो व्यापार गरिरहेका छन् । उच्च स्तरका नेता तथा मन्त्रीहरू हेलिकप्टर चढेर बाढी प्रभावित क्षेत्रमा जान थालेसँगै हेलिकप्टर कम्पनीहरू मालामाल भएका हुन् ।

एयर डाइनेस्टीका अपरेशन म्यानेजर बालकृष्ण पण्डितले बाढीपछि हेलिकप्टरको माग बढेको बताए । उनले पहिलेको तुलनामा १० प्रतिशतसम्म हेलिकप्टरको माग बढेको जानकारी दिए ।

डाइनेस्टीसँग रहेका चार वटै हेलिकप्टर अहिले व्यस्त रहेको उनले बताए । ‘हाम्रो एउटा हेलिकप्टरले अहिले बाढी प्रभावित क्षेत्रमा मात्रै उडान गरिरहेको छ,’ उनले भने, ‘बाढी आएपछि हेलिकप्टरको माग केही बढेको छ ।’
प्रतिघण्टा दुई लाखसम्म लिने हेलिकप्टर कम्पनीहरु बाढी पछि व्यापार बढाउन सफल भएका हुन् । व्यापारिक दृष्टिकोणबाट अहिलेको समय हेलिकप्टर कम्पनीहरुको लागि अफ सिजन भएपनि बाढीले ब्यापारमा सहयोग गरेको हो ।
सेप्टेम्बर, अक्टुवर, नोभेम्बर, मार्च, अप्रील र मे महिना मात्रै हलिकप्टर कम्पनीको लागि व्यापारिक महिनाहरू हुन् ।

श्री एयरका कर्पोरेट म्यानेजर अनिल मानान्धरले श्रीको एउटा हेलिकप्टर अहिले गृह मन्त्रालयले प्रयोग गरिरहेको जानकारी दिए । ‘एउटा सानो हेलिकप्टर गृह मन्त्रालयले उडाइरहेको छ,’ उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा जानकै लागि त्यो प्रयोग गरिएको हो ।’

हेलिकप्टर कम्पनीहरूका अनुसार सरकार, उच्च स्तरका नेता तथा मन्त्रीहरुले हेलिकप्टर प्रयोग गरिरहेका छन् । गृह मन्त्रालयले उद्धार तथा राहतमा हेलिकप्टरहरू प्रयोग गरिरहेको छ ।

गृह मन्त्रालयका अनुसार अहिले गृहले चार वटा हेलिकप्टर उडाइरहेको छ । नेपाली सेनाका दुई वटा हेलिकप्टर गृहले उडाएको छ । निजी कम्पनीका दुई वटा केलिकप्टर पनि गृहले डाइरहेको छ ।

गृहले हरेक दिन फरक फरक कम्पनीबाट हेलिकप्टर लिएर उडाएको बुझिएको छ । बाढीपछि गृहले औषतमा दिनको ४ वटा हेलिकप्टर उडाएको गृह मन्त्रालयका अधिकारीहरूले बताए ।

अधिकारीहरुका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि उच्चपदस्थ सरकारी अधिकारीहरुले न्यूनतम १५ लाख बराबरको हेलिकप्टर दैनिक प्रयोग गर्ने गरेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x