३० असार २०८३, मंगलबार

तरार्इमा बाढी, हेलिकप्टर कम्पनीलाई पर्व !

कात्तिक २०, २०७४
तरार्इमा बाढी, हेलिकप्टर कम्पनीलाई पर्व !

काठमाडौं, ३२ साउन – तराईका जिल्लाहरूमा बाढी आएसँगै हेलिकप्टर कम्पनीहरूको व्यापार बढेको छ । अहिले ‘अफ सिजन’को सामना गरिरहेका हेलिप्टर कम्पनीहरुले बाढी पछि राम्रो व्यापार गरेका छन् ।

हेलिकप्टर उडाउने वायु सेवा कम्पनीहरू एभरेस्ट, मनाङ, श्री, सिम्रीक, डाइनेस्टी लगायतका कम्पनीहरूले बाढीपछि राम्रो व्यापार गरिरहेका छन् । उच्च स्तरका नेता तथा मन्त्रीहरू हेलिकप्टर चढेर बाढी प्रभावित क्षेत्रमा जान थालेसँगै हेलिकप्टर कम्पनीहरू मालामाल भएका हुन् ।

एयर डाइनेस्टीका अपरेशन म्यानेजर बालकृष्ण पण्डितले बाढीपछि हेलिकप्टरको माग बढेको बताए । उनले पहिलेको तुलनामा १० प्रतिशतसम्म हेलिकप्टरको माग बढेको जानकारी दिए ।

डाइनेस्टीसँग रहेका चार वटै हेलिकप्टर अहिले व्यस्त रहेको उनले बताए । ‘हाम्रो एउटा हेलिकप्टरले अहिले बाढी प्रभावित क्षेत्रमा मात्रै उडान गरिरहेको छ,’ उनले भने, ‘बाढी आएपछि हेलिकप्टरको माग केही बढेको छ ।’
प्रतिघण्टा दुई लाखसम्म लिने हेलिकप्टर कम्पनीहरु बाढी पछि व्यापार बढाउन सफल भएका हुन् । व्यापारिक दृष्टिकोणबाट अहिलेको समय हेलिकप्टर कम्पनीहरुको लागि अफ सिजन भएपनि बाढीले ब्यापारमा सहयोग गरेको हो ।
सेप्टेम्बर, अक्टुवर, नोभेम्बर, मार्च, अप्रील र मे महिना मात्रै हलिकप्टर कम्पनीको लागि व्यापारिक महिनाहरू हुन् ।

श्री एयरका कर्पोरेट म्यानेजर अनिल मानान्धरले श्रीको एउटा हेलिकप्टर अहिले गृह मन्त्रालयले प्रयोग गरिरहेको जानकारी दिए । ‘एउटा सानो हेलिकप्टर गृह मन्त्रालयले उडाइरहेको छ,’ उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा जानकै लागि त्यो प्रयोग गरिएको हो ।’

हेलिकप्टर कम्पनीहरूका अनुसार सरकार, उच्च स्तरका नेता तथा मन्त्रीहरुले हेलिकप्टर प्रयोग गरिरहेका छन् । गृह मन्त्रालयले उद्धार तथा राहतमा हेलिकप्टरहरू प्रयोग गरिरहेको छ ।

गृह मन्त्रालयका अनुसार अहिले गृहले चार वटा हेलिकप्टर उडाइरहेको छ । नेपाली सेनाका दुई वटा हेलिकप्टर गृहले उडाएको छ । निजी कम्पनीका दुई वटा केलिकप्टर पनि गृहले डाइरहेको छ ।

गृहले हरेक दिन फरक फरक कम्पनीबाट हेलिकप्टर लिएर उडाएको बुझिएको छ । बाढीपछि गृहले औषतमा दिनको ४ वटा हेलिकप्टर उडाएको गृह मन्त्रालयका अधिकारीहरूले बताए ।

अधिकारीहरुका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि उच्चपदस्थ सरकारी अधिकारीहरुले न्यूनतम १५ लाख बराबरको हेलिकप्टर दैनिक प्रयोग गर्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्