०९ साउन २०८३, शनिबार

अर्थतन्त्रलाई गतिशील बनाउने नीति लिन नाडाको माग

अर्थतन्त्रलाई गतिशील बनाउने नीति लिन नाडाको माग

नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालले अर्थतन्त्रलाई गतिशील बनाउने नीति अवलम्बन गर्न सरकारसँग माग गरेको छ । सो संस्थाका प्रतिनिधि टोली उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी सो माग गरेको हो । 

सो अवसरमा प्रतिनिधि मण्डलले अटोमोबाइल व्यवसायीलाई न्याय गर्न आग्रह गरेको थियो । अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको टोलीले  बढ्दो व्याजदर तथा प्रिमियम दरलाई उपयुक्त सीमाभित्र राखी अर्थतन्त्रलाई गतिशील बनाउन आग्रह गरेको थियो । सो अवसरमा सवारी साधन आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जीनको सीमा १० प्रतिशत काम गर्न आग्रह गरेको छ ।

त्यस्तै, अटो लोन, हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशबाट पुरानै अवस्था ७५ प्रतिशतमा फर्काउन सरकारसँग माग गरेको छ । बैंकबाट निजी सवारी साधन हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट बृद्धि गरी ८० प्रतिशत कायम गर्नुपर्ने लगायतको माग गरेको छ ।

भेटका क्रममा अर्थमन्त्री पौडेलले आफू अटोमोबाइल्स व्यवसायीको समस्या नजिकबाट नियालेकाले समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष थापाले जानकारी दिनुभयो । व्यवसायीहरुले हाल भोगिरहेका समस्या समाधानमा सरकार सकारात्मक हुने मन्त्री पौडेलले आश्वासन दिएका थिए ।

भेटका क्रममा अध्यक्ष थापाले कोभिडका कारण व्यवसायमा अप्ठेरो अवस्था सिर्जना भएको र सरकारको विभिन्न नीतिका कारण व्यवसायमा थप समस्या थपेको बताएका थिए । भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सुनिल रिजाल सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल लगायतको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्