२४ जेठ २०८३, आइतबार

आज गुरुङ समुदायले ल्होसार पर्व मनाउँदै

आज गुरुङ समुदायले ल्होसार पर्व मनाउँदै

नयाँ वर्षको रुपमा मनाइने गुरुङ समुदायले आज ल्होसार पर्व धुमधामका साथ मनाउँदै छन् । पर्वको अवसरमा काठमाडौंको टुँडीखेलमा महोत्सव आयोजना गरेका छन् । महोत्सवमा समुदायको परम्परागत नाच, नृत्य प्रस्तुत हुनुका साथै समुदायको परम्परागत खाना तथा पोशाक प्रदर्शन गरिने गरेका छन् । पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ । 

सो समुदायले तमु ल्होसारलाई नयाँ वर्ष शुभारम्भ भएको अवसरमा मनाउने गरेका छन् । पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन् । 

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक नेपालमा यस्ता चाडपर्वले आपसी सद्भाव, भ्रातृभाव र मेलमिलाप कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उनीहरुले व्यक्त गरेका छन् ।

पर्वमा गुरुङ समुदायका महिलाले शीरबन्दी, मखमली चोली, घलेक पटुकी, छिटको गुन्यू लगाउने गर्छन् । त्यस्तै, पुरुषहरुले परम्परागत टोपी भोटोमाथि भाङ्ग्रो, कछाड र पटुकी बाँध्ने गर्छन् । गुरुङ समुदायको सघन बसोबास रहेको जिल्ला र काठमाडौं उपत्यकामा ल्होसारको अवसरमा कार्यक्रम आयोजना गरिने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्