३० जेठ २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड टुँडीखेलमा आयोजित ल्होसार कार्यक्रममा सहभागी हुने

प्रधानमन्त्री प्रचण्ड टुँडीखेलमा आयोजित ल्होसार कार्यक्रममा सहभागी हुने

गुरुङ समुदायको नयाँ वर्षको रुपमा मनाइने तमू ल्होसारको अवसरमा टुँडीखेलमा आयोजित कार्यक्रममा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सहभागी हुने भएका छन् । प्रधानमन्त्रीका सचिवालय सदस्य सूर्य किरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्ड साढे १२ बजे टुँडीखेलको कार्यक्रममा सहभागी हुनेछन् । 

 गुरुङ समुदायको ठूलो पर्वको रुपमा स्थापित तमू ल्होसारको अवसरमा सो समुदायले टुँडीखेलमा विशेष कार्यक्रमको आयोजना गरेको आयोजक लाला गुरुङले बताए ।  सो अवसरमा गुरुङ समुदायको पहिचान झल्किने सांस्कृतिक भेषभुषा, खाना परिकार तथा पोशाकको प्रदर्शन गरिने बताइएको छ । ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ । पर्वको अवसरमा प्रधानमन्त्री प्रचण्डले शुभकामना पनि प्रदान गरेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्