३० जेठ २०८३, शनिबार

थाइल्यान्डबाट भारत आइरहेको विमानमा भारतीयहरूले गरे कुटाकुट (भिडियो)

पुस १५, २०७९
थाइल्यान्डबाट भारत आइरहेको विमानमा भारतीयहरूले गरे कुटाकुट (भिडियो)

थाइल्यान्डको राजधानी बैंककबाट भारतको कोलकाता आइरहेको थाई स्माइलको विमानमा चारजना भारतीय यात्रुहरूले कुटाकुट गरेको भिडियो सार्वजनिक भएको छ । 

मंगलवार भएको घटनामा दुई भारतीय पुरुषले एकअर्कालाई चुप लागेर बस् अनि हात तल राख् भनेको सुनिन्छ । उनीहरूलाई शान्त बनाउन एयरहोस्टेसलाई हम्मेहम्मे परेको थियो । 

ए३२० एयरबसमा दुईजनाले झगडा गर्दै गर्दा चश्मा लगाएका यात्रुका साथीहरू आएर मुक्का हानाहान गरेका थिए । मुक्का खाने मानिसले आफूलाई बचाउन कोशिश गरेका थिए । 

कालो कलर भएको शर्ट लगाएका यात्रुले एकोहोरो पिटाइ खाएका थिए ।

अरू यात्रु र विमान कर्मचारीहरूले उनीहरूलाई झगडा नगर्न भनेका थिए ।

झगडा गर्ने दुई पक्षलाई बल्लतल्ल एकजना एयरहोस्टेसले छुट्ट्याएकी थिइन् । 

विमानको सीट धेरै तल पारेको आरोपमा झगडा भएको बताइएको छ । 

सस्तो भाडा भएको थाइ स्माइल एयरवेज थाइ एयरवेजकै एक शाखा हो । 

थाइ स्माइल एयरवेजले घटनाका लागि माफी मागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्