२८ असार २०८३, आइतबार

एकैवर्ष २ अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन, विमानस्थलको विकास पर्याप्त : प्राधिकरण

एकैवर्ष २ अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन, विमानस्थलको विकास पर्याप्त : प्राधिकरण

नेपालमा ७५ वर्षपछि एकैवर्ष २ वटा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यसवर्ष पोखरा र भैरहवास्थित गौतमबुद्ध गरी २ वटा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने भएको हो । 

नेपालमा विमानस्थलको विकास पर्याप्त भएको जनाउँदै प्राधिकरणले पहिलो चरणको विकास अब पुगेको बताएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अब थप योजना बनाएर पूर्वाधार विकासपछिको काम गर्नुपर्ने बताए ।

नेपालमा ५५ वटा विमानस्थल भएपनि अहिले पनि २० वटा बन्द अवस्थामा रहेको छ । विमानस्थलको निर्माण गर्दै जाने मात्रै नभएर सञ्चालन पनि गर्दै जानुपर्ने महानिर्देशक अधिकारीको  भनाइ छ ।

अधिकारीले इन्धन महँगो भएकाले वायुसेवा कम्पनीले सेवामूलक उडान गर्न नसकेको बताए । उनले हवाई इन्धनमा काठमाडौंमा सहुलियत दिँदा दुर्गम क्षेत्रलाई समस्या परेको बताए ।

अहिले १० वटा विमानस्थल पनि नाफामा नभएको प्राधिकरणले जनाएको छ । हालै निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि नाफामा नभएको जनाउँदै प्राधिकरणले नाफा नभए पनि चलाउनैपर्ने अवस्था रहेको बताएको  छ ।  अधिकारीले भने, ‘नाफा नभए पनि बन्द गर्ने कुरा भएन, चलाउनै पर्छ । गौतमबुद्ध विमानस्थलमा पनि नाफा छैन । नाफा नभए पनि चलाउनै पर्ने बाध्यता रहेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्