गायक एवं सर्जक बसन्त विश्वकर्माले ‘साँइली’बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका छन् ।
आफ्नै शब्द, संगीत रहेको गीतमा उनीसँगै शान्तिश्री परियारले स्वर दिएकी छिन् । गीतमा कृष्ण भान्जाको संगीत संयोजन छ ।
बसन्तले ‘रेलिमै’पछि अफिसियल रुपमा ‘साइँली’ बोलको गीत ल्याएका हुन् ।
७ महिनाअघि सार्वजनिक उनको ‘रेलिमै’ गीतलाई स्रोता दर्शकले रुचाएका थिए ।
मौसम हिमालीको निर्देशनमा तयार ‘साइँली’ गीतको भिडियोमा बसन्त स्वयंको अभिनय छ ।
उनका साथमा सनिशा भट्टराईले अभिनय गरेकी छिन्, सनिशाको पछिल्लो गीत ‘ए होर माया’ यतिबेला चर्चाको शिखरमा छ ।
नवराज उप्रेतीको छायाँकन रहेको ‘साँइली’को भिडियो नविन घर्ती मगरको सम्पादनपछि सार्वजनिक गरिएको हो । बिहीवार सार्वजनिक गरिएको गीतलाई स्रोता एवं दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् ।
दर्शकहरुले ‘मौलिक र मनछुने सिर्जना’ भनेर युट्युबमा प्रतिक्रिया जनाएका छन्।