०३ साउन २०८३, आइतबार

इन्गेजमेन्ट तोडिएपछिको आत्मदाह प्रकरण– अभियुक्त सुधन संग्रौला पूर्पक्षका लागि जेल चलान

इन्गेजमेन्ट तोडिएपछिको आत्मदाह प्रकरण– अभियुक्त सुधन संग्रौला पूर्पक्षका लागि जेल चलान

इन्गेजमेन्ट तोडिएपछिको आत्मदाह प्रकरणका मुख्य अभियुक्त सुधन संग्रौला पूर्पक्षका लागि जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले संग्रौलालाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पूर्पक्षका लागि थुनामा राख्ने आदेश बिहीवार दिएको हो ।

बानेश्वर (नुवाकोट स्थायी घर) की २७ वर्षीया पुष्पा न्यौपानेले गएको मंसिर १८ गते साँझ धुम्बाराहीस्थित सुधन संग्रौलाको घरको गेटैमा पुगी पेट्रोल खन्याएर आत्मदाह गरेकी थिइन् ।

झापा पुर्ख्यौली घर भएका सुधन र पुष्पाबीच विवाह गर्ने भनेर टीकाटालो समेत भएको थियो । १७ गते सुधनको परिवारले सुपारी फिर्ता गरी एकतर्फी रूपमा इन्गेजमेन्ट तोडेका थिए ।

त्यसको भोलिपल्टै पुष्पाले आत्मदाह गरेकी थिइन् । पुष्पाको मृत्युपछि उनका काका उत्तम न्यौपानेले आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका थिए ।

घटना भएको दिन सुधनको परिवारका सदस्य घरमै भए पनि पुष्पालाई बचाउन कुनै भूमिका खेलेका थिएनन् ।

पढ्नुहोस्, सम्बन्धित समाचार :

salt training

कमेन्ट गर्नुहोस्