
स्वस्थ शरीरका लागि भिटामिनको आवश्यकता पर्छ । जसमध्ये भिटामिन–ई एक हो । यसको कमीबाट शरीरमा धेरै दुष्प्रभाव देखिन्छन् ।
गर्भवती महिलाको खान्की (खाना)मा भिटामिन–ई को कमीबाट मानसिक कौशल सम्बन्धी विकार र मेटावोलिज्मको समस्या सम्बन्धी समस्या देखिन्छ ।
विटामिन–ईले शरीर खुम्चिन समस्या कम गर्छ । भिटामिन–ईको कमीले गर्भमा रहेको भ्रुणमा कोलिन र ग्लूकोजको कमी हुन जान्छ । जसकारण भ्रुसको विकास सही तरिकाले हुन सक्दैन ।
एक रिसर्चबाट पत्ता लाग्यो कि, जन्मेपछि यो भिटामिनको कमीलाई पूरा गर्नुपर्ने भन्दा पनि गर्भमै रहेकै बेला त्यसको मात्रा पूरा गर्नुपर्छ । जन्मपछि भिटामिनको उचित मात्रा दिँदा पनि प्रभावकारी नहुने उक्त रिसर्चमा सहभागी वैज्ञानिकहरुको निष्कर्श छ ।
विटामिन–ईका फाइदाप्रीम्याचुअर तथा नवजात शिशुलाई भिटामिन–ईको कमीका कारण एनीमियाजस्ता कैयौं रोग लाग्न सक्छन् । भिटामिन–ईले शिशुलाई यी सबै रोगबाट बच्न मद्दत गर्छ ।
भिटामिन–ईको कमीका कारण नपुङ्सकता, बाँझोपना, शरीरमा घाउ हुने, तालु खुइलिने, पोलियो, मधुमेय, मुटुरोग हुने खतरा हुन्छ । भिटामिन–ईले रगतमा राता रक्तकोषिका निर्माण गर्छ ।
भिटामिन–ई पाइने खानाविटामिन–ई वनस्पति तेल, गहुँ, हरियो साग–सब्जी, चना, जौँ, खजूर, ध्यू, दुधको मलाई, शखरखन्द, अङ्कुरित अनाज र फलहरुमा पाइन्छ ।