१९ असार २०८३, शुक्रबार

‘हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्छ’

‘हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्छ’

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत मिलाएर प्रस्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने बताएका छन् । काठमाडौंमा आयोजित एभिएशन मिट २०२२ कार्यक्रममा मुख्यसचिव बैरागीले  नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले  हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रस्ताव ल्याएमा प्राथमिकतासाथ अघि बढाउने प्रतिवद्धता जनाए ।

हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठिरहेको उनले बताए । उनले पछिल्लो समय हवाई उडान हेर्ने निकायहरु फरक हुनुपर्छ भन्ने विषयमा धेरै बहस भए पनि निस्कर्षमा नपुगेको बताए । मुख्यसचिव बैरागीले नियमन निकाय नियम, कानूनको पालना भए नभएको हेर्ने महत्वपूर्ण खम्बा भएको चर्चा गरे ।

उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउन प्राप्त दक्ष जनशक्ति र आर्थिक स्रोत आवश्यक पर्ने उनले बताए । नेपालमा हवाई उड्डयन क्षेत्रमा बनेका पूर्वाधार दीर्घकालिन सोचको साथ बनाएको उनको भनाइ छ । मुख्यसचिव बैरागीले नेपालमा बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरु तत्काल चल्न सकेन भनेर चिन्ता लिन नहुने भन्दै दीर्घकालिन सोचका साथ बनाएकाले भविष्यमा राम्रो हुने बताए ।

निजगढ विमानस्थलको विषयमा धेरै बहस भए पनि निस्कर्षमा पुग्न नसकेकाले छिटै टुङ्गो लगाएर जानुपर्ने बताए । पछिल्लो समय नेपालको हवाई उड्डयन क्षेत्रमा धेरै उल्लेख्य प्रगति भएको उनको भनाइ छ ।  

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले हवाई इन्धनको मूल्य तत्कालै समायोजन गर्नुपर्ने बताए । महानिर्देशक अधिकारीले नेपाल आयल निगमले हवाई इन्धनमा अधिक नाफा लिएकाले हवाई भाडा महँगिएको बताए । अहिले निगमले हवाई इन्धनमा ७८ रूपैयाँ नाफा लिँदै आएको बताए । अधिकारीले हुम्ला, जुम्ला, सिमिकोटमा हवाई यात्राका लागि १ रोपनी जग्गा बेच्नुपर्ने अवस्था रहेको बताउँदै यस्तो बेलामा एलपी ग्यासमा छुट दिएर हवाई यात्रुलाई मारमा पार्न नहुने सुझाव दिए । 

नेपालको हवाई नीति विमानस्थलहरुको नम्बर बढाउने तर जहाजको नम्बर बढाउनेतर्फ ध्यान नगएको उनको बुझाइ छ । हवाई क्षेत्रको विकास सरकारको हवाई नीतिको कारण हुन नसकेको उनको टिप्पणी छ ।  

salt training

कमेन्ट गर्नुहोस्