२३ जेठ २०८३, शनिबार

भारतको हिमाञ्चल प्रदेशमा विहानै भुकम्पको धक्का

पुस १६, २०७९
भारतको हिमाञ्चल प्रदेशमा विहानै भुकम्पको धक्का

छिमेकी मुलुक भारतको हिमाञ्चल प्रदेशमा विहान भुकम्पको धक्का महुशस गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार आज शनिबार विहान ५ बजेर ५१ मिनेटमा भुकम्पको धक्का महुशस गरिएको थियो । यसअघि १५ दिनदेखि सो प्रदेशमा भुकम्पको धक्का महुशस गरिदैआएको छ । सिमलास्थित मौसम विज्ञान केन्द्रका अनुसार भुकम्पको केन्द्र मंदी जिल्लामा थियो ।

सानो भुकम्प २.८ रेक्टर स्केलको भएकाले जमिन धेरै जोडले नहल्लिएको त्यहाँका नागरिकको भनाइ छ । सामान्य झट्का आएकाले कहीं कतै क्षति पुगेको खवर नआएको त्यहाँको सुरक्षाकर्मीले जनाएको छ । यसअघि २६ डिसेम्बरमा काँकडामा पनि २.८ रेक्टर स्केलको भूकम्पको धक्का महुशस गरिएको सञ्चार माध्यमले जनाएका छन् । यसअघि सन् १९०५ मा आएको कांकडाको भूकम्पमा परी करिब १० हजार मानिसको ज्यान गएको थियो । हिमाञ्चल प्रदेश भूकम्पीय दृष्टिकोणले संवेदनशील प्रदेश रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्