
तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी संस्थाको खानेपानी पाइप विस्तारका क्रममा पाइप जडान गर्दै प्राविधिक ।
खानेपानी संस्थाले ५२ किलोमिटर दूरीमा पाइप बिछ्याउने कार्यअन्र्तगत हाल १२ किलोमिटर दूरीमा पाइप बिछ्याइसकेको छ ।
संस्थाले करीब २ हजार ६०० घरधुरीमा पानी वितरण गर्दै आएको छ । तस्वीर : सानेबहादुर नेपाली/रासस