
सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल चयन भएका छन् ।
शनिवार बसेको दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो ।
दलको उपनेतामा सन्तोष शर्मा थापा चयन भएकी छन् । एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।