०८ असार २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड गृहजिल्ला चितवनमा

प्रधानमन्त्री प्रचण्ड गृहजिल्ला चितवनमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन पुगेका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उनी गृहजिल्ला चितवन पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न चितवन पुगेका हुन् । हीरक महोत्सवमा सहभागी भई उनी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 

विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा देशकै दोस्रो भएको विद्यालय हो । हालै गरिएको परीक्षणमा १०० अंकमा ९३.०५ अंक प्राप्त गरी दोस्रो भएको उनले बताए । 

विसं २०२० जेठ ६ गते रात्रिकालीन विद्यालयबाट पठनपाठन शुरु गरेको यस विद्यालयमा हाल तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् । प्रधानमन्त्री प्रचण्डले विद्यालयको हीरकद्वारको उद्घाटन, हीरक स्तम्भको अनावरण, स्मारिका विमोचन, नवनिर्मित भवनको शिलन्यास, विज्ञान प्रदर्शनी र खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्ड भरतपुर महानगरपालिका वडा नं १४ का बासिन्दा हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्