२७ असार २०८३, शनिबार

मधेस प्रदेश : जनमत पार्टीको संसदीय दलको नेतामा यादव

मधेस प्रदेश : जनमत पार्टीको संसदीय दलको नेतामा यादव

जनमत पार्टीले मधेस प्रदेशसभाको संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन गरेको छ ।

पार्टीको जनकपुरधाममा बसेको संसदीय दलको बैठकले दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय गरेको थियो । संसदीय दलको बैठकले दिएको अधिकारलाई प्रयोग गर्दै अध्यक्ष डा राउतले प्रदेशसभाको संसदीय दलको नेतामा सप्तरी क्षेत्र नं २ प्रदेशसभा २ बाट निर्वाचित यादवलाई चयन गरेको पार्टीका सचिवालय सदस्य राजेश मण्डलले जानकारी दिए। यस्तै प्रदेशसभाको सचेतकमा चन्दन सिंहलाई चयन गरेको मण्डलले बताए ।

मधेस प्रदेशसभामा १३ सिटसहित ठूलो दल बनेको जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायतका नेताहरू आकांक्षी थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्