
काठमाठौं १ भदौ- स्पानिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ ।
चीर प्रतिद्वन्द्वी बार्सिलोनालाई सुपरकपको दोस्रो लेगमा २- ० गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो । समग्रमा रियलले बार्सामाथि ५ १ को शानदार जीत निकालेको छ ।
बिहीबार बिहान रियलको घरेलु मैदानमा भएको खेलमा जिदानको टिमले उत्कृष्ठ प्रदर्शन गर्दै दुर्इ गोल गरेको थियो । खेलको चाथो मिनेटमा नै घरेलु टोलीलाई मार्के इसेन्सोले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । रियलका लागि दोस्रो गोल ३९ औ मिनेटमा करिम बेन्जिमाले गरेका थिए ।
पहिलो लेगमा रियलले ३ १ गोल अन्तरले बार्सालाई हराएको थियो ।
जुन खेलमा रियलका क्रिस्टियानो रोनाल्डोले रातो कार्ड खाएका थिए भने उनले रेफ्रिलाई धकेलेका कारण पाँच खेलको प्रतिवन्ध बेहोरेका थिए ।