०८ असार २०८३, सोमबार

चुनावको मिति घोषणा गर्ने तयारी

कात्तिक २०, २०७४
चुनावको मिति घोषणा गर्ने तयारी
काठमाडौँ, १ भदौ - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेको खबर आजको गोरखापत्रमा खबर छ । प्रधानमन्त्री देउवासँग आयोगका पदाधिकारीले मङ्गलबार पनि भेट गरी भदौ १ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्न माग गरेको थियो ।aayog

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार पुनः प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग परामर्श गरेका हुन् । आयोगका अनुसार भेटमा प्रधानमन्त्रीबाट प्रदेशसभा तथा प्रतिनिधिसभा दुवै निर्वाचन एकै पटक गर्न सकिन्छ वा सकिँदैन भन्ने जिज्ञासा राखेका थिए ।
प्रधानमन्त्रीले मुख्य तीन दलका शीर्ष नेताहरूसँग बुधबार नै छलफल गरी निर्वाचनको मिति सम्बन्धमा उचित निर्णय लिइने जानकारी आयोग पदाधिकारीलाई दिएका थिए । आयोगका तर्फबाट निर्वाचनका लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्न आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त नभइसकेको अवस्थामा दुईवटै निर्वाचन सञ्चालन गर्न कठिनाइ हुने कुरा अवगत गराइएको थियो ।
व्यवस्थापकीय हिसाबले मङ्सिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव रहेको कुरा प्रधानमन्त्रीसमक्ष राखिएको थियो । साथै भेटमा प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन एकै पटक सञ्चालन गर्न व्यवस्थापकीय हिसाबले कति सम्भव हुन्छ आयोगमा छलफल गरिने कुरा प्रधानमन्त्री देउवालाई अवगत गराइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्