![राहदानी विभागको सिस्टममा समस्या, राहदानी वितरणको काम अवरुद्ध [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/rahadani_bivag_passport_DSDKShkGB1.jpg)
राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ ।
विभागका प्रवक्ता निर्देशक दुरपदा सापकोटाले मंगलवार एक सूचना प्रकाशित गर्दै सेवा अवरुद्ध भएको जनाएका छन् ।
आजका मितिले अर्काे सूचना जारी नहुँदासम्म सेवा अवरुद्ध भएको सूचनामा उल्लेख छ ।
