२८ जेठ २०८३, बिहीबार

पार्टी नेतृत्वको आलोचना नगर्न माधव नेपालको निर्देशन

पार्टी नेतृत्वको आलोचना नगर्न माधव नेपालको निर्देशन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । मंगलवार सम्पन्न पार्टीको पोलिटव्यूरो बैठकमा बोल्दै उनले पार्टी कमिटीभन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाई गर्ने, अरुको प्रशंशा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासनविपरीत काम नगर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराए । 

अध्यक्ष नेपालले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै नसक्ने पनि स्मरण गराए । उनले आफूले पार्टी अनुशासित र संस्थागत रूपमा चलोस् भन्ने चाहेको पटक–पटक दोहोर्‍याए ।

‘के कुरामा हामी प्रतिबद्ध हुनुपर्दछ भने कमिटी प्रणालीलाई बलियो गरी अगाडि बढाऔँ । जे–जे लागेको छ कमिटीमा राखौँ । फेसबुकमा लेख्ने, आफूलाई लागेका कुराहरु बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने । यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ न त्यो अनुशासित पार्टी बन्छ । अनि, हामी अनुशासन तोड्ने, फेरी हाम्रै स्वर ठूलो हुने, हामी पार्टीको बदख्वाई बाहिर गर्ने, अनि हाम्रै स्वर ठूलो हुने, आफ्नै नेताको बदख्वाई गर्ने, अरुको प्रशंशा गर्ने, अनि त्यसपछि पनि हाम्रो आफ्नो स्वर आफैं ठूलो हुुने तरिका बन्द गरौँ’, नेपालले भने, ‘किन भन्दाखेरी हामी नयाँ क्रान्तिकारी पार्टी भन्नुको अर्थ के हो भने त्यो सबै हिसावले अनुशासन पनि होस्, क्रान्तिकारी पनि होस् । संस्थागत रुपमा पनि चलोस् । सबै कुराहरु सम्बन्धित कमिटीभित्र बसेर छलफल गरेर, व्यापक विचार मन्थन गरेर निर्णय गर्ने परिपार्टी स्थापित गरियोस् । त्यसो हुनाले जस्तोसुकै मतभेद छन् भने पनि, जतिसुकै विचारका भिन्नताहरू छन भने पनि त्यसले केही फरक पार्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्