
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । सो दलका प्रवक्ता डा. प्रकाशशरण महतले दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेको पार्टी सचिव कृष्णप्रसाद पौडेलले बताए ।
संसदमा ठूलो दल बनाएकोमा मतदातालाई धन्यवाद ज्ञापन गर्न तथा प्रतिपक्षी दलको भूमिका बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको पौडेलको भनाइ छ । सोहीअनुसार पार्टीको भातृ तथा शुभेच्छुक संस्थाको गठन, विस्तार र मंसिर ४ गतेको निर्वाचनमा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्न पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको पौडेलले जानकारी दिए ।