०८ साउन २०८३, शुक्रबार
ढुलमुलमा नेकपा एस

‘प्रचण्डको अनुहार हेर्दा सरकारलाई समर्थन गर्दिउँ जस्तो लाग्छ तर राजनीतिक पिक्चर क्लीयर छैन’

‘प्रचण्डको अनुहार हेर्दा सरकारलाई समर्थन गर्दिउँ जस्तो लाग्छ तर राजनीतिक पिक्चर क्लीयर छैन’

नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्न राजनीतिक पिक्चर क्लीयर नभएको बताएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म आफूहरू एउटा निष्कर्षमा पुग्ने उनले बताए । 

पार्टी निकट युवा संघले बुधवार राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्डको अनुहार हेरेर मात्र सरकारलाई समर्थन गर्न नसकिने बताएका हुन् । 

‘हाम्रो पार्टीले सरकारलाई समर्थन गर्ने या विरोध गर्ने कुरा लेखेन भनेर समाचार लेखेको पाएँ, जब पिक्चर क्लीयर छैन भने कसरी निर्णय गर्न सकिन्छ ? राजनीतिक सिनारियो क्लीयर हुनुपर्‍यो नि – यो सरकारले कस्तो नीति कार्यक्रम ल्याउँछ ?’ नेता नेपालले भने, ‘प्रचण्डको अनुहार हेर्दा समर्थन गर्ने कुरा गर्दिउँ जस्तो हुन्छ, अनुहारले मात्र हुँदैन । अनेक कुरा छन् ।’

अध्यक्ष नेपालले सरकारलाई समर्थन गर्ने/नगर्नेबारे पुस २६ गतेसम्म आफूहरूले सस्पेन्स राख्ने बताए । ‘हामी पनि नेपालको राजनीतिमा छौं, हामीलाई कुनै जानकारी छैन । त्यतिकै अगाडि सरेर बोल्ल्ने कुराको के हतारो ? के बित्दो छ ? २६ गतेसम्म निर्णय गरे पुगेन ? त्यो दिनसम्म सस्पेन्समा रहोस्,’ उनले भने ।

अध्यक्ष नेपालले विचार मिल्ने राजनीतिक दलसँग मोर्चा बनाएर जाने योजना रहेको बताए । ‘विभिन्न पार्टीसँग कुराकानी शुरू गरेका छौं, कसैले अवमूल्यन गर्लान् कि भनेर आत्तिनुपर्ने अवस्था छैन,’ नेपालले भने । 

अध्यक्ष नेपालले संसदमा राष्ट्रिय पार्टी नबने पनि पार्टीको ह्वीप लाग्ने दाबी गरे । ‘प्रत्यक्षबाट १० सिट पायौं, पार्टीकै नेताको कमजोरीका कारण समानुपातिकमा कटाउन सकेनौं, राष्ट्रिय पार्टीको ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको भए हेलिकोप्टर दिन्थ्यो र ?’ नेपालले भने, ‘राष्ट्रिय पार्टी नबने पनि पार्टीको ह्वीप लाग्छ, थ्रेसहोल्ड पार नगरे पनि ह्वीप लागेको र पद गुमाएको थाहा पाउनुभएको छ । अनेकौं किसिमका भ्रम पैदा गरिएका छन् तर भ्रममा नपरे हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्