२९ असार २०८३, सोमबार

रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै
प्रतिकात्मक तस्वीर

रामेछापमा बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासंघका बाग्मती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिए । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको कार्कीले बताए ।

प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका टोलीले भाग लिने उनले बताए ।

प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार रुपैयाँ पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

कमेन्ट गर्नुहोस्