२५ असार २०८३, बिहीबार

प्रधानमन्त्री प्रचण्डसँग राजदूत नोनाको भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग राजदूत नोनाको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि युरोपेली संघका राजदूत नोना डिप्रेजबीच बुधवार शिष्टाचार भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरूबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बुधवारै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गरेका छन् । सो क्रममा उनीहरूबीच द्विपक्षीय सम्बन्धबारे कुराकानी भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्