२५ जेठ २०८३, सोमबार

जसपाको छानबिन समितिले थाल्यो काम, अन्तर्घात गर्नेलाई कारबाही हुने

जसपाको छानबिन समितिले थाल्यो काम, अन्तर्घात गर्नेलाई कारबाही हुने

जनता समाजवादी पार्टी नेपाल (जसपा) को राजनीतिक समितिको बैठकद्वारा गठित छानबिन समितिले आफ्नो काम थालेको छ । मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने, निष्क्रिय रहने, असहयोग गर्ने, पार्टी विरुद्ध गतिविधि गर्ने संघीय परिषद् सदस्य तथा केन्द्रीय समितिका सदस्यहरूमाथि छानबिन हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए  । 

त्यसका लागि पार्टीको प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र स्थानीय समितिहरु सँग उपलब्ध सबुत प्रमाणहरु, चिठी पत्र, भ्वाइस रेकर्ड र सामाजिक सञ्जालमा प्रयोग गरिएका प्रमाण लगायत प्रचार प्रसार सामग्री उपलब्ध गराउन समितिले माग गरेको छ । समितिले माघ मसान्तसम्मको समय सीमा पाएको उनको भनाइ छ । 


 

salt training

कमेन्ट गर्नुहोस्