०३ असार २०८३, बुधबार

ट्याक्सीमा छुटेको सामान ट्राफिक प्रहरीद्वारा हस्तान्तरण

ट्याक्सीमा छुटेको सामान ट्राफिक प्रहरीद्वारा हस्तान्तरण

ठमेलदेखि एयरपोर्टसम्म यात्रा गर्नेक्रममा ट्याक्सीमा छुटेको अन्दाजी २ लाख ६० हजार बराबरको धनमाल ट्राफिक प्हरीले खोजतलास गरी धनीलाई बुझाएको छ । सामान फेला पारी ट्राफिक प्रहरीले बुधबार धनीलाई बुझाएको हो ।

गत मंगलबार दिउँसो ३ बजे एयरपोर्ट जानेक्रममा बा. २ ज ५२८ नम्बरको ट्याक्सीमा चिनियाँ नागरिक छिङ जीङ जीङको ल्यापटप १ थान, सोनी कम्पनीको क्यामेरा १ थान, गोप्रो क्यामेरा १ थान र महत्वपूर्ण कागजातसहित झोला ट्याक्सीमा छुटेको थियो । धनीले काठमाडौं ट्राफिक प्रहरी कार्यालयमा दिएको निवेदनका आधारमा खोजतलास गर्दा छुटेको सामानसहित गोरखा घर भएका र काठमाडौं सोह्रखुट्टे बस्दैआएका ट्याक्सी चालक टंकनारायण जोशी ट्राफिक प्रहरीको कार्यालयमा आएका थिए ।

सोहीअनुसार हराएका तीन थान मोबाइल पनि ट्राफिक प्रहरी कार्यालयले खोजतलास गरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्